करणीसम्बन्धी कसुरका आरोपी पक्राउ
रासस
असार २०, २०७७ शनिबार
सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूर तथा करणीसम्बन्धी कसुरका फरार व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोलीले पक्राउ गरेको छ ।
वन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा वन अधिकृत पदमा कार्यरत रहँदा उक्त कसूर गरेको आरोपमा धनगढीका रामनारायण यादवलाई काठमाडौँबाट पक्राउ गरिएको हो । यादवविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकताविरुद्धको कसूरका साथै करणीसम्बन्धी कसूर...