एचआइभी सङ्क्रमित बालबालिकालाई राहत
रासस
जेष्ठ २०, २०७७ मंगलवार
एचआइभी सङ्क्रमित बालबालिकालाई आश्रय दिँदै आएको सीतापाइलास्थित ‘पुनर्वल पलस’ नामक सामाजिक संस्थालाई रु ५० हजार मूल्य बराबरको राहत प्रदान गरिएको छ ।
साउण्ड अफ हिमालय नामक संस्थाले प्रदान गरिएको सो राहत सामग्रीमा चामल, दाल, बिस्कुट, चाउचाउ, चना, नुन, तेललगायत छन् । जारी बन्दाबन्दीका कारण अप्ठेरामा परेका बालबालिकालाई सहयोग पु¥याउने उद्देश्यले सो संस्थाले ‘पुनर्वल पलस’ का निर्देशक महेश श्रेष्ठलाई ती सामग्री प्रदान...