सुत्केरी र गर्भवतीलाई स्वास्थ्य चौकीमै ताजा तरकारी
गोरखापत्र अनलाइन
जेष्ठ २३, २०७७ शुक्रबार
पोषणका दृष्टिले पछाडि परेका चेपाङ र तामाङ समुदायका गर्भवती, सुत्केरी र ज्येष्ठ नागरिकलाइ लक्षित गरी राक्सिराङ स्वास्थ्य चौकीले करेसाबारीमा तरकारी उत्पादन गरेको छ ।
राक्सिराङ गाउँपालिका वडा नं ५ स्थित चैनपुर स्वास्थ्यचौकीको करेसाबारीमा मौसम अनुसारका तरकारी उत्पादन गरिएको हो । उत्पादित तरकारी स्वास्थ्यचौकीमा सेवा लिन आउने गर्भवती, सुत्केरी तथा गाउँपालिकामा सेवा लिन आउने ज्येष्ठ नागरिकका लागि निःशुल्क दिने...