रोकिएन नदीजन्य पदार्थको दोहन
रासस
जेष्ठ २३, २०७७ शुक्रबार
चुरेको शिरबाट बग्ने वाग्मती, लखन्देही, कालीञ्जोर र फुलजोर नदी ढुङ्गा, गिट्टी र बालुवाको खानी मानिन्छ । तर पछिल्लो समयमा ती नदीको ढुङ्गा रातारात सङ्कलन गरी ओसारपसार हुन थालेपछि पातलिँदै गएको छ । हरेक वर्ष आलोपालो गरेर ठेक्का लाग्ने वाग्मती र फुलजोर खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ निकासी हुँदै आएको छ ।