बन्दाबन्दीमा विकासका काम धमाधम
रासस
जेष्ठ २०, २०७७ मंगलवार
बन्दाबन्दी जारी रहँदा तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा विकास निर्माणका काम धमाधम भइरहेको छ । सामाजिक दूरी कायम गर्दै विकासका काम सञ्चालन भएको हो ।
जिल्लामा स्थानीय तहबाट विनियोजित बजेटबाट साना योजनासँगै सङ्घ र प्रदेश सरकारका बजेटबाट ठूला योजनाको काम भइरहेको छ । शहरी विकास मन्त्रालयबाट विनियोजित रु एक करोडको लागतमा भानु नगरपालिका–७, ८ र ९ जोड्ने बाइसजाँगर, कुडापानी, थानीमाई मन्दिर हुँदै टुहुरेपसल जोड्ने सडकको...