देवराम प्रसाद यादव
सप्तरी बैशाख २० गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका माछा मारेर जिविका चलाउँदै आएका ६५ परिवारलाई एक गैर सरकारी संस्थाले राहत उपलब्ध गराइएको छ ।
स्टोरीज अफ नेपालको सहयोगमा दलित सरोकार मञ्च नेपाल कञ्चनरुप वडा नम्वर ८ ले कोशी ब्यारेजमा माछा मारेर जिविका चलाउँदै आएका परिवारलाई राहत उपलब्ध गराइएको हो ।
वडा नम्वर १ मा पर्ने ब्यारेज आसपासमा रहेको वस्तीका ३८ परिवार मल्लाह, ६ परिवार सदा, ४ परिवार राम, ३ परिवार मण्डल, ५ परिवार दास, ७ परिवार मुश्लिम, एक जना साह र एक जना यादव परिवारलाई राहत वितरण गरिएको दलित सरोकार मञ्च नेपालका निर्देशक भोलाकुमार पासवानले बताउनुभयो ।
उहाँका अनुसार प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ लिटर तेल, २ किलो नून, २ किलो सोयाविन तथा ६ पिस साबुन वितरण गरिएको हो । राहत वितरण कार्यक्रममा वडा अध्यक्ष भिमराज मण्डल, यूवा नेता विरेन्द्र माझी, इलाका प्रहरी कार्यालय भारदहका प्रतिनिधि लगायतको उपस्थिती थियो ।