बाटो पुग्यो, कोक र मदिरा छ्यापछ्याप्ती भयो, पानीको संकट चुलियो
गोरखापत्र अनलाइन ,
फाल्गुन १, २०७६ बिहीबार
गाउँमा सडकपुगेपछि कोकाकोला र मदिरा छ्यापछ्याप्ती पुगेको छ तर, खानेपानीको हाहाकार छ । छेउमै महाकाली बगे पनि पञ्चेश्वर–४, विनायक गाउँमा खानेपानीको हाहाकार छ । विनायक गाउँका महिला पानी भर्न गाउँबाट महाकाली नदी ओर्लिनु पर्ने वाध्यता छ ।