रानाथारूले पाए अलग पहिचान
रासस
माघ २२, २०७६ बुधबार
दुई दशक लामो सङ्घर्षपछि राना थारुहरुले अलग्गै आदिवासी जनजातिका रुपमा पहिचान पाएका छन् । नेपाल सरकारको यही माघ २० गतेको मन्त्रिपरिषद्को बैठकले राना थारु समुदायको माग र विज्ञको सुझावका आधारमा अलग पहिचान दिएको हो । विसं २०५६ मा तत्कालीन सरकारले आदिवासी जनजाति सूचीकृत गर्दा आफूहरु छुटेको भन्दै सो समुदाय निरन्तर आन्दोलित थियो ।