असहाय ४६ बालबालिकालाई सहयोग
गोरखापत्र अनलाइन ,
माघ २६, २०७६ आईतवार
कुनै घटना एवं दुर्घटनाका कारण बुवाआमा तथा बुवाआमामध्ये कुनै एकजना गुमाएका असहाय बालबालिकाले सहयोग पाएका छन् ।
लमजुङको बेंसीसहर नगरपालिका र मस्र्याङदी गाउँपालिकाभित्रका ४६ जना अनाथ तथा असाहय बालबालिकाले मासिक जनही तीन हजार रुपियाँ बराबरको खाद्यान्न, लत्तकपडा, स्टेशनरीलगायत सहयोग पाएका हुन् ।