प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन
रासस
मंसिर २२, २०७६ आईतवार
बढ्दो वातावरण प्रदूषणलाई न्यूनीकरण गर्न फिदिम नगरपालिका–४ स्थित हेंवाघाटमा फोहर जलाउन मिल्ने डस्टबिन राखिएको छ । ग्रिन इन्टरनेशनल क्लब पाँचथरले रु ६८ हजारको लागतमा उक्त डस्टबिन राखेको हो । बढ्दो जनसङ्ख्याका कारण हेंवाघाटमा शवदहन गर्ने सङ्ख्या बढिरहेको छ । जलाउन मिल्ने फोहरसमेत जथाभावी फाल्ने तथा खोलामा हाल्ने गर्नाले प्रदूषण बढेको पाइएपछि फोहर जलाउन मिल्ने फलामको डस्टबिनको व्यवस्था गरिएको क्लबका मिलन विश्वकर्माले...