पढ्ने अवसर नहुँदा उमेर नपुग्दै विवाह
रासस
मंसिर ३०, २०७६ सोमबार
नेपालगञ्ज उपमहानगरपालिका–२०, नयाँबस्ती थपुवाकी मनिषा परियार मनिकापुर स्वास्थ्य चौकीको प्रसूति गृहमा तीन÷चार दिनदेखि धाइरहेकी थिइन् । आफ्नो उमेर १९ वर्ष बताउने परियारका खुट्टा सुन्निएका थिए, शरीरमा रगतको कमी थियो । उनको अनमी आशा सार्कीबाट जाँच हुँदै थियो ।