स्थायी बन्ध्याकरण गर्ने पुरुषभन्दा महिला चार गुणा बढी
सिर्जना खत्री
पुष १३, २०७८ मंगलवार
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा झापाकी ३५ वर्षीया सीता (नाम परिवर्तन)ले १५ औँ पटक गर्भपतन गराउनुभयो । चिकित्सकले गर्भपतन गराउँदा स्वास्थ्यमा गम्भीर समस्या आउने र पाठेघरमा क्यान्सर हुने चेतावनी दिए पनि उहाँ बारम्बार गर्भपतन गराउन बाध्य हुनुहुन्छ ।