ऊनी कपडाको पसलमा ग्राहकको चहलपहल
गोरखापत्र अनलाइन
मंसिर २७, २०७८ सोमबार
जाडोयामको शुरुवातसँगै न्यानो तथा ऊनी कपडा विक्री गर्ने यहाँस्थित पसलहरुमा खरिदारी गर्ने ग्राहकहरुको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
जाडोबाट बच्नका लागि उनी कपडा, ज्याकेट, स्वीटर, हाइनेक, जुत्ता, टाउजर, कम्बललगायतका सामान विक्री गर्ने पसलहरुमा नेपाली तथा सीमावर्ती भारतीय क्षेत्रका ग्राहकहरुको क्रमशः भीड बढ्दै गएको हो ।