logo
२०८१ मंसिर १० सोमवार



ऊनी कपडाको पसलमा ग्राहकको चहलपहल

खुला |
समाज |


ऊनी कपडाको पसलमा ग्राहकको चहलपहल
फाइल फाेटाे



सञ्जयकुमार मिश्र
गौर, मङ्सिर २७ गते । जाडोयामको शुरुवातसँगै न्यानो तथा ऊनी कपडा विक्री गर्ने यहाँस्थित पसलहरुमा खरिदारी गर्ने ग्राहकहरुको सङ्ख्या वृद्धि हुँदै गएको छ ।
जाडोबाट बच्नका लागि उनी कपडा, ज्याकेट, स्वीटर, हाइनेक, जुत्ता, टाउजर, कम्बललगायतका सामान विक्री गर्ने पसलहरुमा नेपाली तथा सीमावर्ती भारतीय क्षेत्रका ग्राहकहरुको क्रमशः भीड बढ्दै गएको हो । भारतीय बजारभन्दा सस्तो तथा उपयोगी जाडोका लुगाकपडाहरु पाइने भएकाले गौरस्थित विदेशी सामानको विक्री हुने फौरनगुटसमा ग्राहकहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको व्यवसायीहरुले बताएका छन् ।

पर्व त्योहार लगायतका समापनसँगै जाडोयामबाट बच्न तथा जाडोयामको आगमनसँगै जाडो छल्ने ऊनी कपडा, ज्याकेट लगायतका सामान खरिद गर्ने ग्राहकको सङ्ख्यामा पहिलेभन्दा वृद्धि हुँदै गएको व्यवसायीहरुले बताएका छन् । अहिले त्यतिको जाडो पनि नभएकाले ठूलै भीड नभए पनि जाडो छल्ने सामान खरिद गर्ने ग्राहकहरु दिनहुँ वृद्धि हुँदै गएको व्यवसायी सञ्जय अग्रवाल बताउनुभयो ।

अर्का एक व्यवसायीका अनुसार पुरानो सोचाइका कारण स्थानीय उपभोत्ताहरु सीमावर्ती भारतीय बजारमा सस्तो पाइने उद्देश्यले सामान खरिद गर्न जाने गरेका कारण तथा जानकारले कतिपय सामान यहाँ नै सस्तो पाइने गरेका कारण जाडोयाममा अलि अलि व्यवसाय बढ्दै गएको बताउनुहुन्छ । त्यसैगरी, जाडोसँगै जिल्लाको गौर, पिपरा, कटहरिया, गरुडालगायतका बजारहरुमा सिरक तथा डसनाको विक्री बढ्दै गएपछि सिरक तथा डसना बनाउने कारिगरहरु पनि कामको चाप बढ्दै गएको छ ।

अन्य समयको तुलनामा जाडोयामको शुरुवातसँगै सिरक, डसना बनाउने सर्वसाधारणको सङ्ख्या बढेपछि कारिगर पहिले घरमा आएर सिरक, डसना बनाउने कारिगरलाइ अहिले घरबाट तथा पसलबाट बोलाएर ल्याउने गरेको स्थानीय श्रवण झा बताउनुहुन्छ । यसरी सिरक, डसना बनाउनमा वृद्धि भएपछि सोमा प्रयोग हुने रुइ पसलमा खरिद गर्नेको भीड लाग्ने गरेको र ऊनी तथा न्यानो कपडा खरिद गर्ने सर्वसाधारणको दिनहु“ भिड लाग्ने गरेको स्थानीय अशोक सिंह बताउनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?