logo
२०८१ मंसिर ९ आईतवार



कीर्तिपुर र चन्द्रागिरिमा सात गाउँले जात्रा हुँदै

खुला |
प्रदेश |
समाज |


कीर्तिपुर र चन्द्रागिरिमा सात गाउँले जात्रा हुँदै
फाइल फाेटाे – सात गाउँले जात्रा अन्तगर्त पाँगामा भएकाे विष्णुदेवी जात्रा



कीर्तिपुर, मङ्सिर २६ गते । काठमाडौँको दक्षिणपश्चिम क्षेत्रमा सात गाउँले जात्रा शुरु भएको छ । कीर्तिपुर र चन्द्रागिरी नगरपालिकामा विभिन्न गाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, वालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुने प्रचलन रहेको छ ।

तीनथानास्थित विष्णुदेवी मन्दिर परिसर (बखु)मा पौष अष्टमीमा हुने भएकाले यस जात्रालाई बखुमद जात्रा पनि भन्ने गरिन्छ । यस जात्रा अन्तर्गत नगाउँमा ‘धाल्चाः क्वाखायेकेगु जात्रा’ शनिबार सम्पन्न भैसकेको छ भने आज आइतबार पाँगामा विष्णुदेवी र वालकुमारीको जात्रा भैरहेको छ ।

सोमबार कीर्तिपुरमा इन्द्रायणीको जात्रा र तीनथानास्थित बखुमा विष्णुदेवी, श्रीगणेश र भैरवको जात्रा हुँदैछ । बुखमा सोमबारसतुंगल, बोसिगाउँ, ल्हँकोत, टौखेल, मच्छेगाउँ, तीनथाना र नैकापबाट आइतबार राति ल्याएका खतजात्रालाई विधिवत रुपमा पूजाआजासहित सिन्दुर जात्रा गरेर आ–आफ्नो क्षेत्रमा लग्ने चलन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?