केन्द्रीय कारागारमा बिरामी कैदीबन्दी बढ्दै
दीपा चाैधरी
मंसिर १४, २०७८ मंगलवार
नेपालमा कारागारहरुको अवस्था दयनीय छ । कतिपय कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधार समेत छैनन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पुग्दो शौचालय नभएको केन्द्रीय कारागार, सुन्धाराका शाखा अधिकृत रविन राईले बताउनुभयो । विद्यालय र अस्पतालको सुविधा भएकाले त्यहाँ धेरै जसो विरामी कैदीबन्दी आउने गर्दछन् ।