घरजग्गाको मूल्यः मालपोतमा एउटा, बैंकमा अर्कै
रासस
मंसिर ३, २०७८ शुक्रबार
घर तथा जग्गाको मूल्य वार्षिकरुपमा औसतमा २६.४५ प्रतिशतले वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको घर जग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार वाणिज्य बैंकको तथ्याङ्कका आधारमा वार्षिकरुपमा घरजग्गाको मूल्यमा वृद्धि हुँदै गएको पाइएको हो ।