थला परेको पर्यटन क्षेत्र भन्छ– “पचास प्रतिशत क्षमतामा भए पनि सेवा सुरु गरौँ”
रासस
असार २८, २०७७ आईतवार
होटल एसोसिएशन नेपालको तथ्याङ्क भन्छ नेपालमा होटल क्षेत्रमा मात्र करीब रु १५ खर्ब ९५ अर्ब लगानी रहेको छ । यसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सात लाखभन्दा बढी जनशक्ति रोजगारका रुपमा आश्रित छन् । होटलले मात्र नेपालमा भित्रिने वैदेशिक मुद्रामध्ये करीब २५ प्रतिशत आम्दानी गर्ने गरेको छ । त्यस्तै नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा होटल क्षेत्रको मात्र योगदान पाँचदेखि सात प्रतिशतसम्म रहेको छ । तर यति समृद्ध क्षेत्रले...