पर्यटक भित्र्याउन जुर्मुराए पाल्पाली
रासस
जेष्ठ २५, २०७७ आईतवार
पाल्पामा पर्यटकीयस्थलको निर्माण तथा पुनःनिर्माणको कामको थालनीले स्थानीय युवालाई रोजगार मिलेको छ । स्थानीय तहले विकासनिर्माणका कामलाई जोड दिँदै आआफ्ना तवरले प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाइरहँदा निस्दी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतले भने कोरोना संकटमा गरिएको बन्दबन्दीमा पनि पर्यटन पूर्वाधार विकासलाई जोड दिएका छन् ।
अन्य क्षेत्रका युवालाई कच्ची मोटरबाटो निर्माण तथा सरसफाइ...