झोर झरनामा झुम्दै अनि रमाउँदै (फोटो फिचर)
गोरखापत्र अनलाइन
असार १९, २०७७ शुक्रबार
काठमाडौँबाट करिब १० किलोमिटरको दूरीमा रहेको ‘झोर’ पर्यटकीय आकर्षणको केन्द्र हो । प्राकृतिक रुपमा ढुङ्गैढुङ्गाको बीचबाट झरझर बगिरहेको झरनाले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ ।
त्यहाँ घुम्न जाने पर्यटक त्यहीँ झरनामा नझुमी र आनन्द नलिइकन फर्कन सक्दैनन् । त्यही भएर होला, काठमाडौँ जिल्लाको झोर टोखा नगरपालिकाअन्तर्गत रहेको यो झरनामा हरेक वर्षको गर्मीयाममा मानिसको भीड लाग्ने गरेकाे छ । यतिबेला झोर झरनामा झुम्दै,...