पशुपतिको हितमा काम गर्न निर्देशन
गोरखापत्र अनलाइन ,
असार २९, २०७७ सोमबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रभित्र राष्ट्रिय गौरवको आयोजनाका काम भइरहेकाले पशुपतिको हितलाई ध्यानमा राखेर मात्र काम गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री भट्टराईले थालिएका कामहरू छिटो सम्पन्न गर्न जोड दिँदै भन्नुभयो, “कहिलेकाहीँ कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ । त्यस्तो काम जोकोहीले गरेको भए पनि राम्रो हुँदैन । जे गर्ने हो, त्यो पशुपतिको...