परम्परागत ‘धान नाच’, पर्यटन प्रवर्द्धनको आधार
रासस
फाल्गुन २७, २०७६ मंगलवार
देशका हिमाल, पहाड र तराईमा बसोवास गर्ने विभिन्न जातजाती र समुदाय सम्वद्ध मौलिक संस्कृति स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने आधार बनेको छ । विभिन्न जातजाती र समुदायको पहिचानसँग जोडिएका भाषा, कला र संस्कृतिले नेपालको पहिचानलाई फराकिलो र विशेष बनाएको छ ।