भ्रमण वर्ष – पर्यटकीय गन्तव्य बन्दै छिम्केश्वरी
रासस
फाल्गुन १४, २०७६ बुधबार
आँबुखैरेनी गाउँपालिकामा अवस्थित छिम्केश्वरीमाई मन्दिर पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । समुन्द्री सतहबाट करिब दुई हजार १३४ मिटर उचाइमा रहेको सो क्षेत्रबाट धवलागिरिदेखि लाङटाङसम्मको हिमशृङ्खलाको मनोरम दृश्यावलोकन, सूर्योदय, सूर्यास्त र महाभारत पहाडहरु सजिलै अवलोकन गर्न सकिन्छ ।