मिथिला संस्कृतिको पर्यटन सम्भावना बढ्दै
रासस
फाल्गुन १०, २०७६ शनिबार
तराई–मधेश अर्थात् मिथिला संस्कृतिको समृद्ध क्षेत्र । मधेशको पर्यटन भन्नासाथ धनुषाको जनकपुरधामलाई लिइन्छ । यो क्षेत्र जानकी मन्दिरका कारण पनि मिथिला संस्कृतिको पर्यायवाची बनेको छ । तर मिथिला सभ्यता–संस्कृतिमा जनकपुरजत्तिकै ऐतिहासिक धार्मिक महत्वको सप्तरी भने पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको छ ।