भ्रमण वर्षले पर्यटनमा उत्साह : मन्त्री भट्टराई
रासस
माघ ३, २०७६ शुक्रबार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षको विश्वभर प्रभाव परेको र यसले थप उत्साह तथा हौसला बढाएको बताउनुभएको छ ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा)को ५३औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वदेशसहित विश्वभर एकसाथ भ्रमण वर्षको उद्घाटनले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्न थप सहयोग पुगेको उल्लेख गर्नुभयो ।