मौसम बिग्रिँदा सगरमाथा आराेहण प्रभावित, आरोही ओर्लिन थाले
छेटु शेर्पा
जेष्ठ १२, २०७८ बुधबार
सगरमाथा र ल्होत्से हिमाल आरोहणका क्रममा तेस्रो र चौथो क्याम्पमा भएका आरोहीहरु खराव मौसमका कारण दोस्रो क्याम्प ओर्लिएका छन् । तीन दिनसम्म मौसममा खरावी आउने भएपछि चुचुरो पुग्ने लक्ष लिएर उक्लिएका दुई दर्जनभन्दा बढी आरोहीहरु दोस्रो क्याम्पमा ओर्लिएर आराम गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।