logo
२०८१ बैशाख १७ सोमवार



मौसम बिग्रिँदा सगरमाथा आराेहण प्रभावित, आरोही ओर्लिन थाले

पर्यटन |


मौसम बिग्रिँदा सगरमाथा आराेहण प्रभावित, आरोही ओर्लिन थाले


छेटु शेर्पा
काठमाडौं, जेठ १२ गते । सगरमाथा र ल्होत्से हिमाल आरोहणका क्रममा तेस्रो र चौथो क्याम्पमा भएका आरोहीहरु खराव मौसमका कारण दोस्रो क्याम्प ओर्लिएका छन् । तीन दिनसम्म मौसममा खरावी आउने भए पछि चुचुरो पुग्ने लक्ष लिएर उक्लिएका दुई दर्जनभन्दा बढी आरोहीहरु दोस्रो क्याम्पमा ओर्लिएर आराम गरेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि दुई पटक आरोहण सम्पन्न भइसकेका छन् । आरोहणका क्रममा बाटोमा भीड लाग्ने भन्दै क्रमिक रुपमा आरोहणमा जानुपर्दा पछिल्लो पटकको आरोहण भने थप कष्टदायी बनेको आरोहीहरुको भनाइ छ । आधारशिविरमा लामो समय बस्नुपरेको र खाद्यान्नलगायत थप सामाग्री र शारिरिक शक्ति समेत कम्जोर बन्दै गएको आरोही तेम्वा शेर्पाले बताउनुभयो । अव मौसममा सुधार आउनसाथ जेठ १५ भित्रमा आरोहण सम्पन्न गर्ने उहाँले बताउनुभयो । हिमपातसँगै हावा र पानी परेकाले हामी अहिले दोस्रो क्याम्प फर्किएर मौसम सुधारको अपेक्षामा छौ उहाँले भन्नुभयो । यस अघि जेठ ९ गते भने एकै दिन १७५ जनाभन्दा बढीले आरोहण गरेका थिए ।

यस अघि पनि ताउ–ते चक्रवातका कारण मौसम खराव भएको थियो भने आरोहीहरुमा आधारशिविरमै कोरोना भाइरस सङ्क्रमण फैलिएपछि आरोहण थप प्रभावित बनेको थियो । ३० जनाभन्दा बढी आरोही सङ्क्रमित भएर आरोहण रद्द गरी फर्किएको पर्यटन विभागले जनाएको छ । यता यस वर्ष सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै ४०८ जनाले आरोहणका लागि अनुमति लिएका थिए । सगरमाथा आरोहण गर्न अझै ६० जनाभन्दा बढी बाँकी रहेको एजेन्सीहरुले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?