के हो अल्जाइमर ?
गोरखापत्र अनलाइन
मंसिर २१, २०७८ मंगलवार
सम्झने क्षमता कम हुने रोगलाई अल्जाइमर भनिन्छ । अल्जाइमरले व्यक्तिको व्यवहार तथा व्यक्तित्वमा परिवर्तन गर्ने, र्बिसने, अरुलाई विश्वास गर्न नसक्ने, शंका गर्ने, हिँडडुल गर्न नसक्ने अवस्थामा पुर्याउने विज्ञको भनाइ छ । यो मस्तिष्कका विकृतिको समूहगत रोग हो । जसले सोच, स्मृति, निर्णय क्षमता तथा व्यक्तित्वलाई दुष्प्रभावित गर्छ । सुरुको अवस्थामा अधिकांश बिरामीले उपचारको आवश्यकता महसुस नगर्दा यो रोग विस्तारै बढ्दै जान्छ...