नित्य पूजामा सीमित हुँदै यो वर्षको माधवनारायण जात्रा
गोरखापत्र अनलाइन
पुष ३०, २०७८ शुक्रबार
माघ महिनामा भीडभाडको बीचमा मनाइने माधवनारायण जात्र यो वर्ष नित्य पूजामा सीमित हुने भएको छ । ऐतिहासिक रुपमा हेरिने साँखुको व्रत पार्वतीले भगवान् शिवलाई पतिका रुपमा पाउनका लागि बस्नुभएको थियो ।
माधवनारायण व्रत तथा नदी सुधार समितिका अध्यक्ष, मिजेन्द्रकाजी श्रेष्ठका अनुसार भगवान माधवनारायण मूर्ति चार सय ३७ वर्ष पुरानो हो । माधव नारायणको मूर्ति यहाँ व्रत बसिसकेपछि एकछिन साल्खा टोलमा राखिन्छ । ‘शिलालेखमा लेखिएको...