जाडोमा ज्येष्ठ नागरिककाे स्याहार कसरी गर्ने ?
गोरखापत्र अनलाइन
मंसिर २९, २०७८ बुधबार
ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा जाडो मौसममा स्वास्थ्य समस्या बढी देखिने गर्छ । जाडो समयमा ज्येष्ठ नागरिकलाई निमोनिया, दम, उच्च रक्तचापका साथै अन्य दीर्घरोग बढ्ने ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेले जानकारी दिनुभयो । डा कँडेलका अनुसार जाडोमा जोर्नीसम्बन्धी समस्याले पनि धेरै दुःख दिनेगर्छ ।