logo
२०८१ बैशाख २२ शनिवार



हवाई आक्रमणमा १८ जनाको मृत्यु   

अन्तर्राष्ट्रिय |





अफगानिस्तान, भदौ ४ गते  ।  अफगानिस्तानको उत्तरी तखार प्रान्तको एस्कामिस जिल्लामा सरकारी फौजले गरेको हवाई आक्रमणमा १८ जना तालिबानी विद्रोही मारिएका छन् ।    
    
प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद जवाद हाजिरीका अनुसार उक्त कारबाहीमा अरु १० जना घाइते भएका छन् ।    
    
हाजिरीले विद्रोहीलाई समाप्त गर्न स्थल र हवाई दुबै कारबाहीलाई निरन्तरता दिइने जानकारी दिनुभयो । उहाँले अशान्त एस्कामिस जिल्लाका सयौं गाउँलाई विद्रोहीको कब्जाबाट मुक्त गरिएको पनि बताउनुभयो ।    
    
सुरक्षा फौजको उक्त कारबाहीका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।   (रासस-सिन्ह्वा)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?