बग्दाद, भदौ ७ गते । इराकको राजधानी बग्दादबाट दक्षिणतर्फ पर्ने बबिल प्रान्तमा एक मोटरसाइकलमा जडान गरिएको बम विस्फोट हुदा चार व्यक्तिको मृत्यु भएको छ ।
यस विस्फोटमा परी अन्य ३० व्यक्ति घाइते भएका छन् । इराकको गृह मन्त्रालयले सो घटनाको पुष्टि गरेको छ । इराकको राजधानी बग्दादबाट करिब ८० किलोमिटर टाढा रहेको अल मुसायब शहरको व्यस्त बजार इलाका मोटासाइकलमा जडान गरिएको बम विस्फोट गराइएको थियो ।
यस विस्फोटबाट कैयौ पसल ,भवन र नजिकै रहेका सवारी साधनहरु ध्वस्त भएको पनि गृह मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।
यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । तर इराकमा बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टेट्स (आइएस)ं समूहको नै यस आक्रमणमा हात रहेको हुनु पर्ने प्रहरीको दाबी रहेको छ ।
यद्यपी सन् २०१७ को अन्त्यबाट इराकमा नाटकिय रुपबाट सुरक्षा व्यवस्थामा सुधार भएको थियो । (रासस /सिन्ह्वा)