logo
२०८१ मंसिर ६ बिहीवार



अफ्रिकी मुलुक चाडमा अन्तरजातीय हिंसा   

अन्तर्राष्ट्रिय |


अफ्रिकी मुलुक चाडमा अन्तरजातीय हिंसा   


चाड, भदौ १२ गते ।  अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।    
    
उक्त हिंसात्मक झडप चाडको मोयेन चारी प्रान्तमा भएको हो । यस स्थानमा विभिन्न जातीय समूह रहेका र उनीहरुबीच बेलाबखत हिंसात्मक झडपहरु हुने गरेका छन् ।    
    
स्थानीय प्रहरीका अनुसार जग्गा जमिनको विवादमा एक किसानको मृत्यु भएपछि दुई समुदायबीच हिंसात्मक झडप भएको थियो ।    
    
हिंसात्मक घटनाहरु बढ्दै गएपछि सरकारले अगस्ट २० देखि सेप्टेम्बर १० सम्म आपतकालीन स्थितिको घोषणा गरेको आठ दिनपछि नै पछिल्लो झडप भएको हो ।

चाड सरकारले सिना, ओवाडाई र टिबेस्टी प्रान्तमा अन्तर–जातीय द्वन्द्व बढ्न थालेको भन्दै आपतकालीन स्थितिको घोषणा गरेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?