logo
२०८१ बैशाख १५ शनिवार



डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु   

अन्तर्राष्ट्रिय |


डुङ्गा दुर्घटनामा परी २५ को मृत्यु   


लस एन्जेलस, भदौ १७ गते । दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।    

यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो ।    

बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताउनुभएको छ ।    

सो डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताउनु भएको छ । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?