logo
२०८१ मंसिर ७ शुक्रवार



पोर्टोरिकोमा भूकम्प

अन्तर्राष्ट्रिय |


पोर्टोरिकोमा भूकम्प


सान जुआन, असोज ७ गते । क्यारेबियन राष्ट्र पोर्टो रिकोमा मंगलबार अबेर राति ६ म्याग्नीच्यूडको निकै शक्तिशाली भूकम्प गरेको छ ।

अमेरिकी भूगर्भ केन्द्रका अनुसार पोर्टो रिकोको उत्तर पश्चिम तटीय क्षेत्रमा भूकम्प गएको थियो ।

जमिनको सतहबाट करिब १० किलोमिटर गहिराईमा भूकम्प गएका कारण स्थानीयबासीहरु त्रसित भएर सडकमा निस्किएका थिए ।

पहिलो भूकम्प लगत्तै ४.७ र ४.६ म्याग्नीच्यूडका परकम्प पनि गएको भूगर्भ केन्द्रले जनाएको छ ।

पोर्टोरिकोका विपद व्यवस्थापन निकायका प्रवक्ता कियारा हर्नान्डेजले भूकम्पबाट क्षति भएको खबर प्राप्त नभएको बताउनुभयो ।

सुनामीको सम्भावना पनि नरहेको उहाँले जानकारी दिनुभयो । रासस(एपी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?