logo
२०८१ भाद्र ३१ सोमवार



बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो   

अन्तर्राष्ट्रिय |


बिहारमा बाढीका कारण जताततै डुबान, २९ जनाको ज्यान गयो   


पटना, असोज १३ गते ।  भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ ।    
    
बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको मृत्यु भइसकेको छ । वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।    
    
बिहार सरकारले बाढी प्रभावित मानिसको उद्धार गर्न, सहायता सामग्री र औषधि गाउँ नगरमा पु¥याउन भारतीय वायु सेनालाई दुई वटा हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरेको छ ।    
    
मुख्यमन्त्री नितिश कुमारले आइतबार अपराह्न राज्यको राजधानी पटनाका विभिन्न स्थानको निरीक्षण गर्नुभएको थियो । उहाँले पटनाका डाक बंगला, गान्धी मैदान, कन्कारबाघ सडक लगायतका स्थानहरुको अध्ययन गरी पानी निकासको भरपर्दो व्यवस्था मिलाउन स्थानीय निकायहरुलाई निर्देश गर्नुभएको थियो ।    
    
स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै मुख्यमन्त्री नितिश कुमारले भारी वर्षाका कारण गंगाको पानीको सतह बढेका कारण जताततै डुबानको समस्या देखिएको बताउनुभयो ।    
    
भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार र आसपासका क्षेत्रमा अझै दुई दिन भारी वर्षा हुनेछ । (रासस-एएनआई)    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?