logo
२०८१ भाद्र ३१ सोमवार



यूएईमा छ जना नेपालीको मृत्यु

अन्तर्राष्ट्रिय |


यूएईमा छ जना नेपालीको मृत्यु


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १४ गते । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा भएको सवारी दुर्घटनामा छ जना नेपालीको मृत्यु भएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किएको थियो ।
दुर्घटनामा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको बताइएको छ । यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुर्घटनाबारे दूतावासले थप जानकारी लिइरहेको आफ्नो फेसबुक स्ट्याटसमा उल्लेख गर्नुभएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?