logo
२०८१ असोज २ बुधवार



फोक्सोको समस्याका कारण अमेरिकामा १३ सय जना अस्पतालमा भर्ना   

अन्तर्राष्ट्रिय |


फोक्सोको समस्याका कारण अमेरिकामा १३ सय जना अस्पतालमा भर्ना   


वासिङ्टन, असोज २५ गते । अमेरिकामा विद्युतीय चुरोट तथा अन्य धुमपानका कारण १३ सय जना विरामी भएर अस्पताल भर्ना भएका छन् ।    

विरामी भएका मध्ये आधा विरामीलाई अति सघन कक्ष (आइसियु) मा राखेर उपचार गराइएको अधिकारीहरुले जनाएका छन् ।    
    
यही समस्या कारण पछिल्लो सयममा मात्रै २६ जनाको मृत्यु भइसकेको अमेरिकाको केन्द्रीय प्रकोप नियन्त्रण तथा उद्धार केन्द्रले जनाएको छ ।    
    
केन्द्रका उप निर्देशक अन्ने स्चुचान्तले शुक्रबार दिएको जानकारी अनुसार विरामी मध्ये ५ सय ७३ जनालाई विद्युतीय चुरोटका कारण लाग्ने रोग लागेको छ ।    

अमेरिकी खाद्य तथा औषधी प्रशासन (एपडीए) ले गरेको सर्वेक्षणमा दैनिक विद्युतीय चुरोटका प्रयोगकर्ताहरुको संख्या ठूलो रहेको देखिएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?