logo
२०८१ असोज २ बुधवार



जापानको आँधीमा ६३ जनाको मृत्यु

अन्तर्राष्ट्रिय |


जापानको आँधीमा ६३ जनाको मृत्यु


एजेन्सी
काठमाडौं, असोज २९ गते । जापानमा आँधीपछि साताब्यापी बाढीमा परेर मृत्यु हुनेको संख्या ६३ पुगेको छ । ११ जना थपको मृत्यु भएको अनुमान गरिएको छ ।
जापानको मन्त्रीपरिषद्का मुख्यसचिव योशिहिदे सुगाका अनुसार मध्य तथा उत्तरी जापानमा गएको टाइफुनमा २०० जना घाईते हुनुभएकोमा ३० जना सिकिस्त छन् । मुख्यसचिव योशिहिदेले आँधीमा उद्धार गरिएकाहरुको खाना र बसोबासका लागि ६५ लाख अमेरिकी डलरको थप व्यवस्था गरिएको बताउनुभयो ।
‘हैबिस’ नाम दिइएको उक्त ‘टाइफुन’ गत् शनिबार मध्य तथा उत्तरी जापानमा जाँदा भारी वर्षाले २०० नदीको जलस्तर बढेर हजारौं घर परिवार डुबान र विस्थापित भएको थियो । ५० वटा बाँध भत्किएको छ । १२ हजार घरमा अझै विद्युत आपूर्ति हुन सकेको छैन्, एक लाख १६ हजार घरमा पिउने पानीको अभाव देखिएको मुख्यसचिव सुगाले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?