logo
२०८१ असोज ३ बिहीवार



दुबईका सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

अन्तर्राष्ट्रिय |


दुबईका सबै ट्याक्सीमा सिसि क्यामेरा जडान


दुबई, कात्तिक ४ गते । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालकलाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको छ ।
ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ । कुनै व्यक्ति वा यात्रु ट्याक्सीमा चढ्नासाथ त्यहाँ जडित सेन्सरले स्वचालित रुपमा फुटेज लिन थाल्ने गल्फ न्यूजले जनाएको छ । दुबई शहरमा हाल १० हजार ६८४ वटा ट्याक्सी सञ्चालनमा छन् । दुबई सडक तथा यातायात विभागका निर्देशक खालिद अल अवादीले ट्याक्सी चालकको व्यवहारमा सुधार ल्याउन र ग्राहकका गुनासा सम्बोधन गर्न नयाँ व्यवस्था निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नयाँ प्रणाली जडानको कार्य सन् २०१७ मा शुरु भएको र हाल दुबई शहरका सबै ट्याक्सीमा जडान भइसकेको पनि उहाँले जानकारी दिनुभयो । दुबईले हाल “खुशी जनता” र स्मार्ट सिटी अभियान सञ्चालन गरिरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?