logo
२०८१ असोज ३ बिहीवार



लरीभित्रको ३९ शव चिनीयाँ नागरिकको रहेको दाबी

अन्तर्राष्ट्रिय |


लरीभित्रको ३९ शव चिनीयाँ नागरिकको रहेको दाबी


एजेन्सी
काठमाडौं, कात्तिक ७ गते । बेलायतको एसेक्समा वातानुकुल लरीभित्र फेला परेको शव चिनीयाँ नागरिकको रहेको खुलेको छ । प्रहरीले बुधबार लन्डनबाट करीब २५ किलोमिटर पूर्व एसेक्सको एक औद्योगिक उद्यान अगाडी ३९ जनाको शव बोकेको चालकसहितको लरी नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएको २५ वर्षिय चालक मो रोबिन्सनसित प्रहरीले निरन्तर सोधपुछ गरिरहेको छ । प्रहरीले घटनास्थलबाट बरामद प्रमाण तथा चालकसित गरिएको सोधपुछको क्रममा उक्त तथ्य फेला परेको छ । तर अर्माघको एक गाउँ लौर्भिलका स्थायी बासी रोबिन्सनको पिताले छोरा पक्राउको घटना सुनेर स्तब्ध भएको बताउनुभएको छ । रोबिन्सन निर्दोष रहेको उहाँको दाबी छ ।
अनुसन्धानको क्रममा उत्तरी आयरल्याण्डको दुई घरमा अधिकारीहरुले छापामारी गरेको छ । सुरुमा उक्त लरी बुल्गेरियाबाट ल्याइएको अधिकारीहरुले अनुमान गरेका थिए । तर बेल्जियमको जिब्रगबाट थेम्स नदी किनारको परफ्लीटसम्म लरी पुर्याइएको अनुसन्धानको क्रममा खुलेको छ । एसेक्स प्रहरीले भनेको छ, “शव लरीमा कतिबेला राखियो वा बेल्जियमबाटै शवसहित लरी ल्याइएको प्रष्ट भइसकेको छैन् ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?