logo
२०८१ असोज ३ बिहीवार



फेला परेको शव चिनीयाँ नागरिकको रहेको चीनद्वारा पुष्टी

अन्तर्राष्ट्रिय |


फेला परेको शव चिनीयाँ नागरिकको रहेको चीनद्वारा पुष्टी


एजेन्सी
काठमाडौं, कात्तिक ८ गते । चिनीयाँ विदेश मन्त्रालयले लन्डन नजिकै एक ट्रक कन्टैनरमा फेला परेको ३९ जनाको शव चिनीयाँ नागरिकको रहेको पुष्टी गरेको छ । यसअघि ब्रिटिश प्रहरीले छुट्टै प्रेस वक्तब्य जारी गरी फेला परेकोमध्ये अधिकांश वयस्क र चिनीयाँ नागरिकको शव रहेको जानकारी दिएको थियो ।
वेइजिङबाट प्रकाशित हुने ‘ग्लोबल टाइम्स’ले पनि पूर्वी चीनको फुजिन प्रान्तका स्थानीय गैर कानुनी रुपमा अमेरिकी, बेलायत, पश्चिमी युरोप वा जापान पुग्दै आएको उल्लेख गरेको छ । यसअघि अवैध आप्रवासन क्रममै सन् २००० मा ५८ जना चिनीयाँ नागरिकको शव केन्ट शहरको डोभरमा फेला परेको थियो । अनुसन्धानमा खटिएका अधिकारीहरुले भने थेम्स नदी किनारमा एसेक्सको परफ्लीटमा बेल्जियमको जिब्रग बन्दरगाहबाट आएको जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?