logo
२०८१ असोज ३ बिहीवार



सैन्य अड्डाको गोलीकाण्डमा आठ रुसी सिपाहीको मृत्यु

अन्तर्राष्ट्रिय |


सैन्य अड्डाको गोलीकाण्डमा आठ रुसी सिपाहीको मृत्यु


एजेन्सी
काठमाडौं, कात्तिक ९ गते । साइबेरियास्थित एक सैन्य अड्डामा गोली प्रहारको घटनामा आठ रुसी सिपाहीको मृत्यु भएको छ । रसियाली अधिकारीका अनुसार एकजना सिपाहीले अचानक ‘फायर’ खोल्दा दुईजना अधिकृतसहित आठजनाको मृत्यु भएको छ ।

सर्बियाको चिता शहर नजिकको अड्डामा भएको घटनामा अन्य दुई घाईते भएका छन् ।

रुसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार राति सुरक्षार्थ सिपाहीको ड्युटी पारी सम्पन्न हुने समयमा घटना भएको हो । उक्त घटनामा संलग्न रहेको आशंकामा रमिल शामसुत्दिनोभलाई बन्धक बनाइएको छ ।
रु

सी रक्षा मन्त्रालयले एकजना सहायक मन्त्रीको नेतृत्वमा आयोग गठन गरी घटनाबारे छानबीन सुरु गरेको छ । रुसी र सोभियत सैन्य संगठनमा पीडित सिपाहीले आफ्नै सहकर्मीलाई हतियार ताक्ने घटना विगत्मा सामान्य रहेपनि पछिल्ला दिनमा भने दुलर्भ पाइन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?