logo
२०८१ असोज ३ बिहीवार



आउँदो डिसेम्बर १२ तारिखमा बेलायतमा आम निर्वाचन हुने

अन्तर्राष्ट्रिय |


आउँदो डिसेम्बर १२ तारिखमा बेलायतमा आम निर्वाचन हुने


गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १३ गते । बेलायती सांसदहरुले हरियो चिन्ह देखाएपछि आउँदो डिसेम्बर १२ तारिखमा बेलायतमा आम निर्वाचन हुनेभएको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनको चुनावी अध्यादेशको प्रस्तावमा बीसका विरुद्ध चारसय ३८ भोटले प्रस्तावमाथि समर्थन जनाएपछि निर्वाचन हुने पक्का भएको हो ।
सन् १९२३ मा डिसेम्बरमा भएको निर्वाचनयता यो दोश्रो पटक डिसेम्बरमा निर्वाचन हुन लागेको बिबिसीले जनाएको छ ।
यो अध्यादेशलाई आउँदो हप्ता माथिल्लो सदनले पारित गरेपछि निर्वाचनको लागि बाटो खुल्ला रहनेछ । यदि बाटो खुल्ला भए मात्र पाँच हप्ताको लागि चुनावी प्रचारप्रसारको लागि समय बाँकी रहेनछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?