logo
२०८१ असोज ४ शुक्रवार



मोदीद्धारा इमरान खानलाई धन्यवाद

अन्तर्राष्ट्रिय |


मोदीद्धारा इमरान खानलाई धन्यवाद


भारत, कात्तिक २३ गते। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिनुभएको हो ।
पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ ।
सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भन्नुभयो, “पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गर्नुभएको छ, त्यसैले म उहालाई धन्यवाद दिन चाहन्छु ।” निरन्तर तनाब रहने भारत र पाकिस्तानबीचबीच पछिल्लो एकवर्ष यता  दुबै देशका प्रधानमन्त्रीबीच बोलचाल समेत छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?