logo
२०८१ असोज ४ शुक्रवार



संसदीय निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवार पराजित

अन्तर्राष्ट्रिय |


संसदीय निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवार पराजित


मिन्स्क, मङ्सिर २ गते । रुसी महासंघबाट टुक्रिएको बेलारुसमा संसद सदस्य चयनका लागि भएको निर्वाचनमा विपक्षी दलका सबै उम्मेदवार पराजित भएका छन् । सोमबार सार्वजनिक भएको नतिजा अनुसार विपक्षी दलका कुनै पनि उम्मेदवारले जित हासिल गर्न नसकेको निर्वाचन आयोगले जनाएको छ ।
बेलारुसको संसदमा ११० जना सांसद निर्वाचित भएका छन् । ती सबै जना बेलारुसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोको दलका रहेका छन् । विपक्षीहरुले यसअघि जितेको दुई सिटमा पनि यस पटक पराजय भोगेका छन् । आलोचकहरुले यस सदनलाई “रबर स्टाम्प” संसदको संज्ञा दिने गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?