logo
२०८१ असोज ४ शुक्रवार



विदा मनाउन अमेरिका गएका अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा क्षमा याचना

अन्तर्राष्ट्रिय |


विदा मनाउन अमेरिका गएका अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा क्षमा याचना


एजेन्सी
काठमाडौं, पुस ४ गते । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले देशमा डढेलोको प्रकोप बढेको बेला आफू विदा मनाउन अमेरिका गएकोमा क्षमा माग्नुभएको छ । डढेलो लाग्दा देशमा प्रमुख सहरको तापक्रम वृद्धि भएर अहिलेसम्मकै उच्च मापन गरिएको छ ।
अमेरिकामा विदा मनाउन जानुभएका प्रधानमन्त्री मरिसनले आफ्नो विदा छिटो सकाएर फर्किने बताउनुभएको छ । प्रधानमन्त्री मरिसन अघोषित विदामा अमेरिकाको हवाइमा पारिवारिक भ्रमणमा रहनुभएको छ । प्रमुख सहरहरु देशमा डढेलो प्रकोपको बेला प्रधानमन्त्री मरिसनको आलोचना भइरहँदा उहाँले क्षमा माग्नुभएको हो ।
डढेलोले आठ जनाको मृत्यु र कम्तिमा सातसय घर पूर्णरुपमा नष्ट भएको बीबीसीले जनाएको छ । सिड्नी नजिकको डढेलो नियन्त्रणका लागि खटाइएका दुईजना अग्नि नियन्त्रकको सडक दुर्घटनामा बिहीबार मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?