logo
२०८१ असोज ४ शुक्रवार



नरिवलको रक्सी खाँदा एघार जनाको मृत्यु, सयौँ अस्पताल भर्ना

अन्तर्राष्ट्रिय |


नरिवलको रक्सी खाँदा एघार जनाको मृत्यु, सयौँ अस्पताल भर्ना
तस्विर : रोयटर्स


मनिला, पुस ७ गते ।
नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा एघार जनाको मृत्यु भएको छ ।
रक्सीकै कारण विरामी भएका अरु तीनसय जना अस्पताल भर्ना भएको रोयटर्सले जनाएको छ ।
उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने लगुना र क्वेन्जोल प्रान्तको रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरु मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् । रक्सी सेवन गरेपछि उनीहरुले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौ जनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिनुभयो ।
रक्सी सेवनका कारण बिरामी भएका ३ सय जना अस्पतालमा भर्ना भएका उहाँले बताउनु भयो । उनीहरु सवैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरुको भनाई छ । क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचविखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ ।
बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछाडी पारिएको समुदायका हुने गरेका छन् । पछाडी पारिएको अशिक्षित समूदायले बनाउने यस प्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरुको भनाई छ ।
यसअघि गत् वर्ष समेत नरिवलको मदिरा सेवन गरेर कम्तिमा २१ जनाको मृत्यु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?