logo
२०८१ असोज ४ शुक्रवार



पत्रकार खशोग्जी हत्यामा पाँच जनालाई मृत्युदण्डको फैसला

अन्तर्राष्ट्रिय |


पत्रकार खशोग्जी हत्यामा पाँच जनालाई मृत्युदण्डको फैसला


एजेन्सी
काठमाडौं, पुस ७ गते । सऊदी अरबको एक अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । तीनजनालाई आजीवन कारावासको सजाय सुनाइएको समाचारसंस्था ब्लुमवर्गले जनाएको छ ।
उक्त हत्याकाण्डमा कम्तिमा आठजनालाई दोषी पाइएको छ । तर साउदीका राजकुमार मोहम्मद बिन सलमानको संलग्नबारे यथेष्ट प्रमाण नपुगेको अदालतले ठहर गरेको छ ।
सन् २०१८ को अक्टोबर २ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा खशोग्जीको हत्या गरिएको थियो ।
साउदी अरबको सरकारका आलोचना गर्ने खशोग्जीको हत्यामा सउदी राजपरिवारको संलग्नता रहेको दाबीसहित अन्तर्राष्ट्रिय दबाब परेको थियो । सउदी सरकारले उक्त दाबीलाई अस्वीकार गर्दै हत्या छाडा एजेन्टहरुले गरेको जनाएको थियो ।
बीबीसीका अनुसार खशोग्जी अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा साउदी समाचार संस्थाका लागि समाचार लेख्नुभयो । दशकौंसम्म साउदी राजपरिवारको निकट रहेका खशोग्जीले सरकारको सल्लाहकारको रुपमा पनि काम गर्नुभयो । पछि राजपरिवारको विश्वास गुमाउन पुग्दा उहाँ अमेरिका निर्वासनमा जानुभयो । अमेरिका बसाइका क्रममा खशोग्जीले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिको आलोचना गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?