logo
२०८१ असोज ४ शुक्रवार



कजाख्स्तानमा हवाइ दुर्घटनामा १५ को मृत्यु

अन्तर्राष्ट्रिय |


कजाख्स्तानमा हवाइ दुर्घटनामा १५ को मृत्यु


एजेन्सी
काठमाडौं, पुस ११ गते । कजाख्स्तानमा यात्रुवाहक हवाइजहाज दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते ६० जनालाई तात्कालै नजिकको अस्पताल पुर्याइएको बीबीसीले जनाएको छ ।


अधिकारीहरुका अनुसार कजाख्स्तानको ठूलो शहर अल्मार्टीबाट राजधानी नुर सुल्तानका लागि उडेको जेड ९२१०० हजाज भवनमा ठोक्किएर दुर्घटना भएको हो । उक्त जहाज बेक एयरको रहेको छ ।
बेक एयरले ९३ यात्रु अतिरिक्त १०० फोक्कर जहाजमा पाँच जना चालक दल रहेको जनाएको छ ।

कजाख्स्तानको आन्तरिक मामिला मन्त्रालयले दुर्घटनामा ८५ जना वयस्क, पाँच बालबालिका र तीनजना शिशु रहेको जनाएको छ । दुर्घटना लगत्तै जहाजमा भने आगो लागेको थिएन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?